काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाएनन्।
यसअघि मोरङको निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो। सो क्षेत्रबाट सुजाता कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन्।
सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए। यसअघि रिजाल सो क्षेत्रबाट निर्वाचित भएका थिए।





