निर्वाचन आयोग नेपालले चुनाव चिन्ह नै नचिनेको हो कि चिनेर पनि जानी जानी उम्मेदवारलाई अर्कै चुनाव चिन्ह भिडाइएको हो ? आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर बाट स्वतन्त्र उम्मेदवार दिएका देव शर्माले चुनाव चिन्ह डोजर पाएका छन् ।
तर, चुनाव चिन्ह डोजर पाए पनि निर्वाचन आयोगले चुनाव चिन्ह डोजरको ठाउँमा रोड सम्याउने ‘रोलर’ दिएको छ । ‘डोजर भनेर रोलर चुनाव चिन्ह दिने आयोगको यो गैरजिम्मेवारी हो कि होइन ?,’ उम्मेदवार शर्माको प्रश्न छ ।
उनि भन्छन् , ‘निवेदन दिएको छु तर, कहिले सच्याउनका लागि निर्वाचन अधिकृतको कार्यालय बिआइसीसी जानुस् भन्छ कहिले निर्वाचन कार्यालय पठाएर निर्वाचन शाखा जानुस् भन्छ ।
अन्तिममा केही उपाय नलागेर निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाकहाँ पुगियो, उहाँले बल्ल सच्याउनका लागि तोक लगाउनुभएको छ । तर, चुनाव चिन्ह सच्चिन्छ, सच्चिदैन केही थाहा छैन ।’






