टिकेट नदिएपछि स्वतन्त्र बन्छु भन्नेहरु असली स्वतन्त्र नहुने बताएकी छन्। शनिबार सामाजिक संजाल मार्फत मेयर शाहकी पत्नी सबिना काफ्लेले यसो बताएकी हुन्।

 

 

 

पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुने काफ्लेको भनाई छ। उनले लेखेकी छन्,”पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्छु भन्नेहरु हैन, पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुन् ।”

 

नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ

 

काठमाडौं, नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ ।

 

 

भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ । नेकपाकालिन अवस्थादेखि नै भुषालले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए ।

 

१०औं महाधिवेशनमा पनि उनले अध्यक्ष ओलीको निर्णयलाई चूनौति दिएर उम्मेदवारी दिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई मतसमेत मागेका थिए ।

 

आजमात्रै एमाले र राप्रपाका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे सहमतिको लागि हस्ताक्षर गर्नेगरि छलफल भएको थियो । दुवै तर्फका नेताहरुकाअनुसार सहमतिमा भोलि विहानै हस्ताक्षर हुनेछ ।

 

जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

 

आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए।

 

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

 

अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here