एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि’ भन्ने चुनावी नारा तय गरेको हो । हिजो (शुक्रबार) सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो नारा तय गरेको हो ।

 

त्यस्तै, पार्टीले ३०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको अध्यक्ष ढकालले जानकारी दिएका छन् । हिजोको बैठकले अध्यक्ष ढकाललाई नेकपा एमालेसँगको सहकार्यमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभाको समानुपातिक सदस्यको उम्मेदवार बनाउने निर्णयको अनुमोदन गरेको छ ।

 

यस्तै, प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७९ मा सुर्य चुनाब चिन्हका उम्मेदवारहरु तथा नेकपा एमालेसंगको सहकार्यमा खडा भएका अन्य मित्र पार्टीका र स्वतन्त्र उम्मेदवारहरुलाई समेत समर्थन गर्ने निर्णय गरेको दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगीले बताए।

 

बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष ढकालले फेशबुकमा लेखेका छन्–

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here