केही समयअघि अभिनेत्री वर्षा राउतले पति सञ्जोग कोइरालाका तस्वीर इन्स्टाग्रामबाट हटाएपछि त्यसले ठूलै चर्चा पाएको थियो । दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण बाहिर दिनुपरेको थियो । प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि यो जोडीबीच ठीकठाक नरहेको चर्चा चल्यो । तर यतिबेला आएर वर्षाले आफूहरुबीच ठूलै झगडा परेको खुलासा गरेकी छन् ।

 

उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेरा’को प्रमोसन अभियानमा हिंडेकी वर्षाले वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे बताएकी छन् ।

वर्षा भन्छिन् : हाम्रो बीचमा वास्तवमै ठूलो झगडा भएको हो । मेरो केसमा चाहिं के के भयो भने दर्शकले हामीलाई एकदमै धेरै माया गर्नुभएको छ । हाम्रो झगडा पर्‍यो, एकदमै ठूलो झगडा परेको थियो । रिसमा मैले फोटो अर्काइभ गरें ।

 

मलाई एकदमै रिस उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो । अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त ।

 

झगडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो । यस्तो कुरा सुनेर कति जनाले फोन गर्नुभयो । तर कसैले पनि तिमी खुसी छौ कि छैनौ भनेर सोधेन । मलाई कस्तो नराम्रो लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here