माेहन खत्री,
बर्दिया : कर्तव्य ज्यान मुद्दामा दुई बर्ष देखि फरार अभियुक्त पक्राउ परेकाे छ।
आफ्नै वुबालाई रक्सी सेवन गरि धकेल्दा घरकाे भित्तामा ठाेक्कि वुबाकाे मृत्यु भएको थियो। बर्दिया जिल्लाको गेरुवागाउँपालिका-६ रामनगर काे अरुण थारु र आफ्नै ६० बर्षिय वुबा शंकर थारु बीच घरायसी बिषयलाई लिएर आपसमा विवाद हुँदा छाेरा अरुणले वुबाकाे घाँटी समाई घरकाे भित्तामा ठाेक्काउँदै कुटपिट गरेपछि वुबा शंकर गम्भीर घाइते भएको थिए। गम्भीर घाइते भएका थारुकाे उपचारको क्रममा तीन दिन पछि काठमाडौंको टिचिङ हस्पिटलमा उनको मृत्युु भएको थियोे।
वुबाकाे मृत्यु पश्चात् घरपरिवारले किटानी जाहेेरी दिएपछि बर्दिया जिल्ला अदालतले छाेरा अरुण थारूलाई गत २०७७ भदौ ३० मा कर्तव्य ज्यान सम्बन्धि काे मुद्दामा रु १० हजार जरिवाना सहित एक बर्ष ५ महिना ४ दिन कैद सजाए ताेकेपछि मृतकका छाेरा अरुण हालसम्म फरार रहेको थियो।
थारुलाई निजकै घर वतनमा लुकिछिपि बसेकाे अबस्थामा इलाका प्रहरी कार्यलय पाताभारका कार्यलय प्रमुख प्रहरी निरीक्षक निराजन सुनारको कमान्डमा खटिएको प्रहरी टाेलीले शनिबार बेलुकी पक्राउ गरि आइतबार बर्दिया जिल्ला अदालत बर्दियामा बुझाएको निरीक्षक निराजन सुनारले जानकारी गराए।






