काठमाडौं । नायक भूवन केसीको हिडाई, बोलाई देख्दा आफ्नो शरीरबाट वाफ उड्छ भन्दै नायिकाले भनिन् !

 

चलचित्र ‘झेली’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । उनी बेला–बेला आफ्नै फण्डाका कारण चर्चामा आउँने गर्छिन् । उनले दिने गरेका बयानहरु निक्कै विवादमा पर्ने गर्दछन् । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हटदृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् ।

 

तर, बअ उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् । उनले जे भनेपनि चलचित्र क्षेत्रका दिग्गजहरु भने उनले चलचित्र नपाएको दावी गर्छन् । केही पहिला ‘मस्ती टक’ गर्दै उनले धेरै कुराहरु खुलेरै व्यक्त गरेकी थिइन् । यो क्षेत्रमा सुरुवाती दिनमा आउँदा आफूले कसैलाई पनि मत्तलव नगरेको भन्दै उनले सोचे भन्दा फरक रुपमा चलचित्र क्षेत्रलाई पाएको सुनाएकी थिइन् । पहिलो चलचित्र नै असफल भएपछि केहि सोच्न वाध्य यी सुन्दरीले आफू स्टार हुन्छु भनेर नआएको सुनाइन् । चलचित्र ‘चर्खा’ को छायांकनका क्रममा नायिका रजनी केसीसँग स्विमिङ पूलमा उनले चुम्बन गरेको तस्वीर नै सार्वजनिक गरिन् । जसले हंगामा मच्याएको थियो ।

 

यसबारेमा उनी भन्छिन् ‘हामी काम नहुँदा दिनको १२ बजेसम्म ढोका थुनेर बस्थ्यौ । मानिसहरु तिमीहरु ढोका लगाएर के गर्छौ समेत भन्थे । पछि, चुम्बन गरेको फोटो खिचेँ र फेसबुकमा हालिदिएँ ।’ त्यसको जवाफ त्यही थियो । उनलाई चलचित्रको पर्दामा न्यूड दृश्य दिनु नराम्रो कुरा हो भन्ने लाग्दैन । तर, यसलाई कसरि प्रस्तुत गर्ने निर्देशकको कुरा हो भन्ने उनको वुझाई छ । नायक भूवन केसीको हिडाई, बोलाई देख्दा आफ्नो शरीरबाट वाफ उड्छ भन्दै नायिकाले भनिन् ‘मलाई नायक आर्यन सिग्देल खुबै मनपर्छ ।

 

चलचित्रको पर्दा भित्र भने कर्माले रोमान्टिक दृश्य दिन सक्छन् भन्ने उनलाई लाग्छ ।’ उनी पछिल्लो समय नेपाली फिल्ममा सक्रिय छन् । तर रुचाइएकी अभिनेत्री भने बन्न सकेकी छैनन् । उनले प्रस्तुत गर्ने गरेको ग्ल्यामरस भने धेरैको चासोको विषय बन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here