दाङका रोशनी महतरा र शरद आचार्य जंगलमा ह-त्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका उनीहरूकाे चिता एकै ठाउँमा जल्ने भएका छन्।

 

मामा खेमराज खड्काले पोष्टमार्टमपछि भान्जा शरदको श-व दंगीशरण गाउँपालिका-६ थपगाउँस्थित घरमा पुर्‍याइने र त्यहाँबाट फेरि तुलसीपुर ल्याएर तुलसीपुर-१२ शितलपुरस्थित बबई नदी घाटमा दुबैको सँगै अन्त्येष्टि गर्ने निर्णय भएको बताए।

फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्ट-मार्टमको प्रक्रिया सुरू गर्दै छन्। त्यसपूर्व नै रोशनी र शरदका आफन्त तथा परिवार जनले उनीहरूको चिता एकै ठाउँमा सँगसँगै जलाउने निर्णय गरेका हुन।

 

‘शरद र रोशनी दुबैको ह-त्यापछि एकै ठाउँमा फालेको अवस्थामा श-व भेटिएको हुँदा उनीहरूको अन्त्येष्टि पनि सँगसँगै एकै ठाउँमा गरौं भन्ने निर्णय भएको हो,’ खड्काले भने, ‘दुबैका लागि चि-ता भने अलग-अलग बनाउने निर्णय भएको छ।’

तुलसीपुर-१३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय सामुदायिक जंगलको एकै चिरोमा ह-त्या गरी फालेको अवस्थामा रोशनी र शरदका श-व फेला परेका थिए। शरदको शवमाथि रोशनीको श-व राखेर माटोले अलिअलि पुरेको अवस्थामा श-व भेटिएका थिए। सोही दिन बेलुका अबेर उनीहरूका श-व तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको थियो।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here