काठमाडौंको एक लजको कोठाभित्र गो’प्य रूपमा भिडिओ रेकर्ड गरेको आ’रोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ।

 

काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजरलाई प’क्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं चन्‍द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई प’क्राउ गरेको हो।

बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गो’प्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गो’प्य भिडिओ खिचेको खुलेको हो।

 

‘कोठामा एउटा सानो प्वाल बनाएको रहेछ। त्यहाँबाट खिच्ने गरेको खुल्यो,’ उनले भने। उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको खुलेको हो।

प्रहरीले उनको मोबाइल फोन पनि बरामद गरेको छ। जसमा विभिन्न व्यक्तिहरूको रेकर्ड गरिएका भिडिओ फेला परेको छ।

घटनाको विस्तृत अ’नुसन्धान गर्न प्रहरीले उनको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ।

उनलाई प’क्राउ गर्न जाँदा फोनमा भएका कतिपय भिडिओहरू पनि डिलिट गर्न भ्याएको प्रहरीले जनाएको छ।

 

‘यसको विस्तृत अनुसन्धानको लागि ल्याबमा पठाएका छौं। कतिको त डिलिट समेत गरेको देखियो। तर यसमा उनले अरू कता कता भिडिओहरू पठाए/पठाएनन् भन्ने अनुसन्धान गर्दैछौं,’ उनले भने,‘यसमा त्यहाँ अरूको संलग्नता छ/छैन पनि बुझिरहेका छौं।’

मालीमाथि मुलुकी अ’पराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता वि’रूद्धका क’सूर’ अन्तर्गत दफा ११८ ‘अ’भद्र व्यवहार गर्न नहुने’ मु’द्दामा म्याद थप गरेको छ।

 

 

उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन हि’रासतमा राख्न अनुमति पाएको छ। यसको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here