मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो सातामा सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने योग पनि छ । साताको उत्तरार्धबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता भौतिक सुखमा बढोत्तरी हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो हप्ता मिश्रित फल मिल्नेछ । राजनीतिक कार्यमा विशेष सफलता मिल्नेछ । सुख सुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्य सफल रहनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । पुराना साथी भाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । स-साना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्च समेत बढ्ने योग छ ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुख सुविधा भोग गर्न पाइनेछ ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता नयाँ कमको थालनी पनि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता शुभकार्यको चर्चा चल्नेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि देखिन्छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here