काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेवि;रुद्धको अनुसन्धान प्रहरीले टुंग्याएको छ। ब;लात्कार मु द्दामा प’क्राउ परेका लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताए। मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका कि’शोरीलाई ब’लात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द सजाय हुने प्रावधान रहे अनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ। सोही अनुसार प्रहरीले फाइल पेस गरेको छ।

 

१७ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आ’रोप लागेका सन्दीपले ब’लात्कार गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले १२ वर्षसम्म कै’द सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

शुक्रबार नै अनुसन्धान फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुनछेक बहस हुने सम्भावना रहेको छ। सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मु’द्दा दर्ताको तयारी थालेको छ।

अदालतले थुनछके बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ। १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक ब’लात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।

 

सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर ब-लात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बताएकी थिइन्।

पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले ब”लात्कार गरेको दाबी गरिएको छ।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई ब”लात्कार गरेको ती किशोरीको दाबी छ। आफूमाथि ब”लात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो।

 

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ।

त्यसपछि उनीहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले म’दिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।

 

काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि ब-लात्कार गरेको पी”डित किशोरीको भनाइ छ। नेपाल लाइभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here