भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दु’र्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी १ स्थित गजुरी बजारमा एक जनाको मृ-त्यु भएको छ ।

 

मृ-त्यु हुनेमा पैदलयात्री ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ सवा ५ बजे सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठ’क्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृ-त्यु भएको हो । बाइक राइडर समेत रहेका मोटरसाइकल चालक सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्या:क्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here