चितवन :  नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  बुलिङटार गाउपालिका -२ मथारमा ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो।

पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । बुलिङटार प्रहरीका अनुसार  २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले घाइतेहरूलाई उपचारका लागी भरतपुर पठाइएको जानकारी दिए। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here