राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनाव जुम्लाबाट लड्दै छन् । शाहीलाई जीतको लागि शुभकामना दिनेको आइरो लागेको छ ।
नेपाली ते-क्वान्दो खेलाडी दीपक बिष्टले पनि शाहीलाई शुभकामना दिएका छन् । उनले शाहीलाई तपाइँ नेपालको सच्चा नेता हो भन्दै शुभकामना दिएका छन् । गायक प्रमो द खरेलले पनि फोन मार्फत शुभकामना दिएको शाहीले जानकारी दिएका छन् ।
त्यस्तै शाहीले जीतको लागि शुभकामना दिनेको ओइरो लागेको बताएका छन् । यो पनि,जनताको रेल चढ्ने सपना पूरा हुन्छ: एमाले अध्यक्ष ओली झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले लाखौं लाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा वि कास गर्ने लक्ष्यका साथ शुरु गरि एको रेलमार्ग र औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् । झापाको दमकमा शनिबार संयुक्त रुपमा एमाले र राप्र पाले आयोजना कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देखि एका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताए । नेपालीलाई सरल र सहज यातायात को पहुँचमा पुर्याउन आफूले रेलको सपना देखेको पनि जनाए ।
किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमि ल्ने जनाउँदै ओलीले यो समस्या आफूले बुझेको बताए । ‘रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा म जानकार छु’, ओलीले भने । दुई वर्षअघि तत्कालिन अवस्थामा प्रधानमन्त्री रहँदा ओलीले औधोगिक पार्कको शिलान्यास गरे पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।
यहाँका औधोगिक क्षेत्रका समस्याहरु सामधान गरिने छ र यस विषयमा ढुक्क हुन आग्रह छ, उनले जनाए । हामी यहाँमात्र होइन देशभर विकासको लहर ल्याउँछौ, ओलीले भने ।





