काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् गठबन्धनको तर्फबाट मकवानपुर–२ का उम्मेदवार बिरोध खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् ।
मकवानपुरको हेटौँडामा भएको कार्यक्रममा बोल्दै खतिवडाले आफूलाई हराउन केही व्यक्तिहरु केपी ओलीले पठाएको पैसा बोकेर परिचालन भएको सूचना आफूले पाएको बताए । विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु । खतिवडाले भने, एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे । खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु । खतिवडाले भने ।
खतिवडाले मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे । कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरु छरिएको छ ।’ खतिवडाको भनाई छ, हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेदवार हौं ।
खतिवडाले मकवानपुरमा एमालेबाट जितेका करिब आधा दर्जन वडाध्यक्षहरुले आफूलाई सहयोग गर्न लागेको दाबीसमेत गरे । खतिवडाले भने, उनीहरुको नाम भनौं भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् । खतिवडाले ती वडाध्यक्षहरुको नाम अहिले भन्दा उनीहरुमाथि असुरक्षा हुने बताए ।





