डडेल्धुरा । चुनाव प्रचार प्रसारका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन् । उनी डडेल्धुरा बुधबार नै पुगेका थिए ।

 

बिहिबारदेखि उनले विभिन्न सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसै क्रममा देउवाको स्वागतका लागि अमरगढी नगरपालिकामा सागर ढकाल समेत उभिएका छन् ।

 

स्वतन्त्र उम्मेदवारी दिएका ढकाल देउवाको आलोचना गर्दै उनकै विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । ‘देउवालाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्न आएको हुँ’, पत्रकारहरूसँग उनले भने, ‘मैले सभामै बोल्ने समय मागेको छु ।’

 

ढकालले देउवा लगायतका वृद्ध नेताहरूलाई पराजित गर्नुपर्ने बताउँदै आएका छन् । ०७४ मा देउवा प्रधानमन्त्री हुँदा एक कार्यक्रममा सोधेको प्रश्नका कारण ढकाल चर्चामा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here