काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेवि’ रुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेवि-रुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानुन व्यवसायीले पी”डित किशोरी ना’बालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरु-द्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् ।
आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बा’लिका ना”बालिग नभएको प्रमाण पेस गरेको बताउनुभयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी ना”बालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पुरानै प्रमाणहरू पेस गर्याैँ । पीडित भनिएकी किशोरी ना”बालिग होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज, उनको संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट ना’बालिग होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’
सन्दीपवि_रुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस सुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।





