सरकारले सुरक्षा चुनौतीका आधारमा मतदान स्थलको वर्गीकरण गरेको छ। छिमेकी मुलुकसँग सीमानाका जोडिएको तथा सुरक्षाका हिसाबले चुनौतीपूर्ण देखिएका ३ हजार ६५ निर्वाचन स्थललाई अतिसंवेदनशिल स्थानका रूपमा राखिएको छ। प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार २ हजार ४३८ मतदानस्थल संवेदनशिल स्थल र अन्यलाई सामान्य अवस्थाका रूपमा हेरिएको छ। डीआईजी राई भन्छन्, ‘सुरक्षालाई प्राथमिकताका आधारमा अतिसंवेदनशिल स्थलमा ६ देखि १२ जना प्रहरीसहित आवश्यक मात्रामा म्यादी पनि  खटिनेछन्। यस्तै, संवेदनशिलमा ६ देखि ९ जना प्रहरीसहित म्यादी पनि खटिनेछन्। त्यसैगरी, सामान्य मतदान स्थलमा ३ देखि ६ जना प्रहरीसहित केही म्यादी प्रहरी पनि परिचालन हुनेछन्।

 

निर्वाचन सुरक्षाका लागि प्रदेशमा एसएसपीको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन सेल र जिल्लामा डीएसपीको नेतृत्वमा जिल्ला स्तरीय निर्वाचन सेल  गठन गरेर निर्वाचनका लागि सुरक्षा तयारी गरिएको छ। गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ निर्माण गरिएको छ।

 

प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वय गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल गठन गरेर सुरक्षाफोर्स परिचालन गरिएको छ। प्रदेश स्तरमा कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल निर्माण गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाएर काम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here