बर्दिया, हरि बि.क

श्रीमान्ले आफ्नी ६ महिनाकी गर्भवती श्रिमतिको हत्या गरेका छन् ।

गुलरिया नगरपालिका वडा नं १ गाउँ न. १५ वस्ने अन्दाजी वर्ष २५ का भोजराज वस्नेतले श्रीमति ननकला वस्नेतको हत्या गरेका हुन् । ननकला वस्नेत ६ महिनाकी गर्भवती समेत रहेको घट्नाको प्रत्येक्षदर्शी उनकी फुपु गिता कुमारी शाहीले बताउनुभयो । ‘हामी एउटा विहेमा जाने तयारी गरिरहेका थियौ । मैले उनलाई पर्खेर बसिरहेकी थिऐं’ गिता कुमारी शाहीले भने उनी थप्छन्  ‘अचानक १५० मिटर पर ज्वाइले भदैनीलाई लातले हानिरहेको देखे म दौडिदै गए त्यहाँ पुग्दा भदैनी पेट दुःख्यो भनेर कराइरहेकी थिई, त्यसपछि आफूले घरमा ल्याएर राखेको तर त्यो बेला होस गइसकेको उहाँले बताउनुभयो’।

 

घट्नास्थल नजिकै रहेका दुई जना प्रत्यक्षदर्शीले नाउँ नवताउने शर्तमा ती युवकले दौडिदै आएर अन्धाधुन्ध लात र मुक्काले हानेको वताए, एक मुक्का पेटमा हानेपछि उनी खसेको र त्यसपछि ननकली मेरो बच्चा म¥यो भनेर चिच्याएको उनीहरुले बताए। ‘विदेशबाट फर्किएर आएपछि विभिन्न वहानमा भेनाजुले दिदीलाई पिटिरहनुहुन्थ्यो तर यस्तो सम्म होला भनेर हामीले कहिल्यै सोचेका थिएनौ’ मृतककी फुपुकी छोरी सँगीता शाही ठकुरीले बताए ।

 

गुलरिया नगरपालिका वडा नं. १ गाउँ नं. १० प्रहरी नायव उपरिक्षक चुडामणी अधिकारीसँग कुरा गर्दा उहाँले २०७९ मंसिर ११ गते साँझ ४ः३० वजेतिर उक्त घट्ना भएको र अस्पतालमा पु¥याएपछि डाक्टरले गरेर मृत घोषणा गरेको उहाँले बताउनुभयो । मृतकको एक ४ वर्षका छोरा समेत छन् । मृतकका आफन्तहरुले उचित न्यायको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here