काठमाडौं : नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो।

बैठकले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन वागलुग, हेमराज राई र कालुराम राई रहेका छन्। त्यस्तै नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन्।

 

त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही समानुपातिकमा परेका छन्। महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल रहेका छन्।

त्यस्तै मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन्। मुस्लिमतर्फ भने सराज अहमद फारुकी छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here