सर्जन कुमार शाही – मुगु
मुगु जिल्लामा शनिबार यु एम एन (UMN) को लेखापरीक्षण समापन भएको छ । यो गैरसरकारी संस्था अहिले मुगु जिल्लाको दुईवटा स्थानीय तहमा लागु भएको छ । जस अन्तर्गत मुगु जिल्लाको सोरु गा पा र मुगु कारमारोङ गा पा मा लागु भएको छ ।
मुगु जिल्लामा २०५४ सालमा लागु भएको यो संस्था अहिले सम्म इमानदार पुर्व काम गरिरहेको मुगु जिल्ला बासीले बताएका थिए । सो संस्थाका दुइटा साझेदार संस्था रहेका छन् । साझेदार संस्था ग्रामीण सामुदायिक बिकास केन्द्र र कर्णाली सामुदायिक बिकास केन्द्र रहेका छन् । ग्रामीण सामुदायिक बिकास केन्द्रले सोरु मा र कर्णाली सामुदायिक बिकास केन्द्रले मुगुम कारमारोङ मा काम गरिरहेको umn का मुगु कलष्टर team leaders तेजेन्द्र सिजालीले बताए ।
यश संस्थाले विशेषगरी शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा काम गरेको जिम्मेवार व्यक्तिले बताए ।
अरु गैरसरकारी संस्था भन्दा यो संस्था आर्थिक रुपमा पारदर्शी र इमानदार भएको उपस्तिथि र जिम्मेवार व्यक्तिहरूले बताए । साथै यसरी मुगुमा भएका अरु गैरसरकारी संस्थाहरुले पनि लेखापरीक्षण किन गर्दैनन् भनी सम्पुर्ण सहभागीहरुको गुनासो पनि रहेको थियो ।





