काठमाडौं- कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फाइनल खेलअघि हुने समापन कार्यक्रममा भारतीय अभिनेत्री नोरा फतेहीले नृत्य गर्ने भएकी छिन्।

नेपाली समयअनुसार बेलुकी ६:४५ बाट सुरु हुने उक्त समारोहमा हुने सांस्कृतिक कार्यक्रममा नोराकोसमेत प्रस्तुति रहने बताइएको छ।

 

संगीतकार डेभिडो र आइशाका साथै गायक ओजुना र र्‍यापर गिम्स,  बालक्वीज, रहमा रिया र मनालको प्रस्तुति रहने भनिएको छ।

 

आइतबार विश्वकप २०२२ अन्तर्गतको अन्तिम खेल हुँदैछ। फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here