अर्काकी श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको ह’त्या भएको पुष्टि भएको छ। ह’त्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा प’क्राउ परेका छन्। उनीहरुलाई बुधवार प’क्राउ गरिएको हो ।

 

विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन।

पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अ’भद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको ह’त्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन्।

 

प्रजाले प्रहरीलाई दिएको वयान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन। तर, ढिलो गरेपछि प्रजा उनलाई खोज्दै गएका थिए । खोजी गर्दा शिक्षक विष्टले विमलालाई अँ’गालो हालेको देखेपछि विष्टलाई मु’क्का हानेर ढलाएको उनले बताएका छन्।

प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्। विष्टको मृ’त्यु भएपछि शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।

 

शिक्षक विष्टको श’व पुस २ गते दिउँसो फेला परेको थियो। मृ’तकका आफन्तले उनको ह’त्या भएको आ’शंका गरेपछि प्रहरीले घटनाको अ’नुसन्धान थालेको थियो। सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here