सन्दीपले अंग्रेजीमा लेखेको पत्रलाई हामीले नेपालीमा भावानुवाद गरेर पस्केका छौं :मेरो प्रिय वकिल !आशा गर्छु, तपाईंको स्वास्थ्य राम्रो छ ।
सबैभन्दा पहिले त म तपाईंले मलाई गर्नुभएको निरन्तर सहयोग र हेरचाहका लागि धन्यवाद दिन्छु र मवि’रुद्ध दायर गरिएको गलत एवं ष’ड्यन्त्रपूर्ण मुद्दा’मा अदालतमा मेरोतर्फबाट कानूनी प्रतिनिधि बनिदिनुभएकोमा आभार प्रकट गर्छु ।
तपाईं र सिंगो देशलाई मेरो खेल करिअरका विषयमा तथा नेपालको क्रिकेट स्तर उकास्न मैले दिएको योगदानका विषयमा जानकारी नै छ । यतिवेला म गलत र ग’म्भीर रुपमा छलपूर्ण आ’पराधिक मु’द्दाको सामना गरिरहेको छु, जुन मेरो जीवन, मेरो परिवार तथा नेपाली क्रिकेटमाथि गम्भीर हा’नी पुर्याउन थुप्रैको प्रत्यक्ष वा परोक्ष संलग्नतामा रचिएको वि’द्वेषकारी ष’ड्यन्त्रको नतिजा हो ।
तर, म बलियो, उत्प्रेरित र पूर्ण आश्वस्त छु कि मैले यस्तो ष’ड्यन्त्रका पर्खालहरु भत्काउनैपर्छ, मेरो लागि मात्र नभएर उनीहरुका निम्ति पनि जसले ढिलो वा चाँडो यस्तै खालको परिस्थितिको सामना गर्न सक्छन् ।
अहिलेसम्म सायद मेरो कानूनी टीमले सबै प्रमाणहरु अध्ययन र विश्लेषण गरिसक्यो होला । म यो कुरामा चाहिं अचम्भित छु कि आपराधिक प्रकृतिको आ’धारहीन एवं असत्य नाटक मञ्चन गर्न कोही कसरी यति धेरै अन्यायी हुनसक्छ । अनि, अनुसन्धान गर्ने निकायले आ’रोपहरुको वै’धानिकता र मौलिकताका सम्बन्धमा कागजातहरुको आधिकारिकता परीक्षण गर्ने कुरालाई यति सजिलोसँग पन्छाइदिए ।
यस भूमिको कानून तथा हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । र, म सबै प्रकारका ट्रायलहरुबाट पार हुन तयार छु । तर, म यो कुरामा ढुक्क छैन कि हाम्रो अनुसन्धान गर्ने निकायहरुले अनुसन्धानका प्रत्येक चरणमा प्रमाणहरुको उचित मूल्यांकन र विश्लेषण गर्नेछन् । यस्तो लाग्छ कि हाम्रा अनुसन्धानहरु आ’रोपको घनत्वलाई पुष्टि गर्नेभन्दा पनि आ’रोपितलाई सजाय दिलाउने विशेष प्रयत्नका साथ सञ्चालित हुन्छन् ।
मैले महसुस गरेको थिएँ कि म एउटा आ’पराधिक जालमा परेको छु । तर, त्यसवेला धेरै ढिला भइसकेको थियो । मवि”रुद्ध परिस्थिति एकदमै कुशलतापूर्वक निर्माण गरिएको थियो । मैले यो पनि अनुभूति गरें कि खेलकुदका मेरा आफ्नै दाजुभाइहरु उनीहरुको भाइ (दाइ)ले गलत मु’द्दा झेलिरहँदा कसरी निरपेक्ष बस्न सकिरहेका छन् ? म उनीहरुको राम्रो स्वास्थ्यको कामना गर्छु ।मलाई थाहा छ, तपाईं र मेरो का’नूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई उजागर गर्दै मलाई न्याय दिलाउनेछ । म फेरि फर्किनेछु । मलाई अझै ठीक छु, यद्यपि निराशा र हताशापूर्ण सोचहरुले मलाई प्रत्येक मिनेट हिर्काइरहेका छन् । तर, प्रत्येक दिन म आफूलाई बलियो, आत्मविश्वासी र सावधान बनाउने प्रयत्न गरिरहेको छु । मलाई सम्मानित न्यायालयबाट द्रुत न्यायको प्रतीक्षा छ ।
मलाई थाहा छ कि मेरो अनुपस्थितिमा नेपाली राष्ट्रिय टीममा असर परिरहेको छ । म तपाईंमार्फत यो सन्देश प्रवाह गर्न चाहन्छु कि म चाँडै न्याय पाएर फर्किनेछु र हामी आफ्नो टीमलाई माथि उठाउनेछौं । मैले कुनै पनि अ’पराध गरेको छैन र म नि’र्दोष छु । केवल नि’र्दोष । मैले मेरो राष्ट्रका लागि अझै धेरै खेल्नुपर्नेछ ।
उही तपाईंकोस
न्दीप लामिछाने
केन्द्रीय कारागार





