सर्जन कुमार शाही ,मुगु

मुगु – छायानाथ रारा नगर पालिका वार्ड नं २ स्थित भाँचपातल मध्य वर्तीवन क्षेत्र अन्तर्गत पर्ने सामुदायिक बनमा कभर्ड हल निर्माण गर्ने भनी छायानाथ रारा नगरपालिकाले ७० लाख बजेट विनियोजन गर्यो ।

उक्त कभर्ड हल निर्माणका लागी नगरपालिकाले समिती मार्फत काम गर्ने भनी निर्यण भयो र तिर्थराज चौलागाईंको अध्यक्षतामा समिती गठन गरि २०७६/ माघ १२ गतेको दिन सो समितीसँग कभर्ड भल निर्माण गर्ने सम्झौता गरेको थियो ।
कभर्ड हल निर्माण गर्ने स्थानमा सरिया र सिमेन्टको वाल मात्र अलपत्र अवस्थामा देखिन्छ ।

 

मुगुमा कभर्डहल नहुदा कुनैपनि सार्वजनिक कार्यक्रम गर्दा बिधालय समेत बन्द गर्नुपर्ने अबस्था छ । तर लामो समयसम्म कभर्डहल निमार्ण नहुँदा स्थानीय बासिन्दा सम्बन्धि निकाय सँग गुनासो गर्दै आएका छन ।

उक्त काम संचालन भएको ४ महिना भित्र (२०७७/०३/०२) मा रारा राष्ट्रिय निकुञ्जले कुनै पनि अनुमानि नलिई बनाइरहेको भनेर उक्त कभर्डहल निर्माणको काम रोक्न नगरपालिकालाई पत्राचार गर्यो र नगरपालिकाले सो काम निर्माण समितीलाई निर्माणको काम स्थगित गर्न पत्राचार गर्यो ।

कभर्डहल निर्माण गर्ने भनीएको ठाँउमा कभर्डहलको स्वरुप सम्म बनेको छैन तर नगपालिका र निर्माण समितिको मिलेमतोमा आर्थीक वर्ष ७८/७९ मा ४३ लाख भुक्तानी भएको छ । स्थानीय सरकारको लाखौं बजेट बालुवामा पानी हाले सरह हुँदा सम्म पनि स्थानीय तहका जिम्मेवार व्यक्तिहरू मौन बसेका छन् ।

पुर्व जनप्रतिनिधिले गरेका अलपत्र र बेथितिका कामलाई नव जनप्रतिनिधिले न त पूरा गर्न सकेका छन् न त त्यसका बारेमा मुख खोल्ननै सकेका छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here