काठमाडौं । नेकपा एकीकृत समाजवादीको आजको बैठकले पार्टी सरकारमा जाने वा नजाने बार निष्कर्षमा पुग्दै छ ।

शनिबार र आईतबार पार्टीको स्थायी कमिटी बैठक बसेको थियो । तर उक्त बैठकले पार्टी सरकारमा जाने नजानेबारे निष्कर्ष निस्किएको छैन । आजको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।

शनिबार र आईतबार दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा आगामी रणनीतिका विषयमा नेताहरुलाई बोल्न दिइएको थियो । सो क्रममा केही नेताहरुले सरकारमा जानुपर्ने र केहीले सरकार बाहिरै बसेर खबरदारी गर्नुपर्ने विचार राखेका थिए ।

 

नेकपा एकीकृत समाजवादी नेकपा माओवादीले काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न थालेपछि सरकारमा जाने वा नजाने विषयमा अनिर्णित छ । यसबीचमा एकीकृत समाजवादी र एमालेको एकताको विषयमा पनि चर्चा चलेको थियो । तर हाल पार्टी एकताका विषयमा कुनै छलफल नभएको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

 

आजको पोलिटव्यूरो बैठकले पार्टी सरकारमा जाने नजानेबारे भने टुंगो लगाउने नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here