सर्जन कुमार शाही, मुगु । वर्किङ् भिषामा मलेसिया पुगेका २८ जना नेपाली कामदार अलपत्र परेका छन्।
गत भदौ १६ गते नेपाल बाट राेजगारिकाे लागि काठमाडौं सानेपा स्थित खाेजी रिक्वाईद म्यान पावर बाट एजेन्ट आलम महम्त मार्फत उनिहरु मलेसिया पुगेका थिए। अलपत्र परेका २८ जना नेपालीहरु मध्ये मुगु साेरु गाउँपालिका -९ कालैका नन्द बहादुर शाहीले नागरिक पत्रिकालाई उपलब्ध गराएको भिडियो सामग्री अनुसार उनिहरु सेप्टेम्बर ८ तारिख मलेसियाको राउन्टेन चिकेन सप्लाएर्समा पुर्याइयाे।
उक्त कम्पनीमा कमाई राम्रो छ भन्दै प्रलोभनमा पारेर ३ देखि साढे ३ लाख सम्म खाेजी रिक्वाइद म्यान पावरलाई बुझाएको उनिहरुकाे भनाइ छ। उक्त म्यान पावरले महिनामै ९० हजार देखि १ लाख सम्म कमाई हुने आश्वासन दिएको उनिहरुले जनाए । तर उनिहरु मलेसिया स्थित उक्त कम्पनीमा पुगेपछि कम्पनी मालिकले कुटपिट तथा गालि गलाैज गरेकाे र कुटपिट सहन नसकेपछि कम्पनी मालिक सँग कुरा राख्दा कम्पनी बाट २८ जनालाई नै अपरिचित स्थानमा एउटै काेठामा बन्धक बनाएर राखेकाे एक भिडियो मार्फत उनिहरुले बताए ।
भिडियो मा उनिहरुले सहाएताकाे लागि अपिल गरेका छन्। यस बारे बुझ्न पिडित पक्षले उपलब्ध गराएका एजेन्ट आलम महम्त काे सम्पर्क नम्बरमा हामीले पटकपटक सम्पर्क गर्याैँ तर फाेन कल रिसिभ भएन (याे समाचार तयार पार्दा सम्म) हाम्रो सम्बाददाता सर्जन कुमार शाहीले तयार पारेयाे भिडियो रिपोर्ट हेर्नुस् ।





