अविरल वर्षासँगै आएको पहिराले कालिकोटमा घर बगाउदा एकै घरका पाँच जना बेपत्ता

कालिकोट-कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका बताइएको छ ।

हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएका हुन् ।

बेपत्ताको खाजी कार्य तिब्र पारिएको बताइएको छ । अविरल वर्षाका कारणले घर बगाएर परिवारका सबै सदस्य बेपत्ता भएपछि गाँउ नै शोकमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button