काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको ‘पद बाँड्दै हिँडेको’ बताए ।

‘अहिले असफल पार्ने प्रयास जोड भएको छ । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले वी विल कमब्याक भन्नु भएको छ । बट दे डिडन्ट टक ह्वेन दे कमब्याक,’ उनले भने ‘त्यसको संकेत उहाँहरुले पुस २६ गते सरकार ढाल्छौैं र आउछौं भन्नु भएको हो ।’

कांग्रेसहरु यस्तो खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको ओलीको आरोप थियो । ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ। यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वत: संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ,’ उनले भने ।

 

उनले कांग्रेसलाई लक्षित गर्दै यसो भनेका थिए । साथै कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो । ‘उहाँहरुको अबको ५ वर्षको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहनेछ । अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५)मा जान्छ,’ ओलीले भने ‘अहिलेको राजनीति गरिरहेको व्यक्ति संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । कांग्रेसले हामीलाई थाङ्नामा सुताउछ खोज्छ । आउन यहाँ बसौं छलफल गरौं ५ बजाऔं अनि प्रधानमन्त्री बनाउँला भनेर छक्काउन खोज्छ भने सबैतिर उसको धन्धा त्यही हो ।’

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here