फुटबलर क्रिस्टियानो रोनाल्डो यति बेला साउदी अरबमा छन्। साउदीमा बढ्दो फुटबलको रौनकता र ‘भिजन २०३०’ लाई मध्येनजर गर्दै साउदी फुटबल क्लब अल नासर ए‍फसीले उनलाई धेरै रकम खर्च गरेर आफ्नो क्लबमा जोडेको छ। तर साउदी क्लब अल नासर ए‍फसीलाई रोनाल्डोको एउटा कुराले अपठ्यारो पर्न सक्ने हुन्छ।

किनकी रोनाल्डो र उनकी प्रेमिका जार्जिना रोड्रिगेजसँगै बस्छन् तर उनीहरुले बिवाह गरेका छैनन्। जबकी साउदीको कानूनअनुसार बिवाहबिना प्रेमिकासँग एकै घरमा बस्नु गैरकानूनी हो।

 

रोनाल्डो र उनकी प्रेमिका जार्जिना लामो समयदेखि सँगै बस्दै आइरहेका छन्। स्रोतका अनुसार रोनाल्डो र जार्जिना साउदीमा पनि कानून मिचेर सँगै बस्नका लागि तयार छन्। तर, रोनाल्डोलाई कानून उल्लंघनको आरोपमा साउदीले उनलाई दण्डित गर्ने सम्भावना कति पनि छैन।

 

स्पेनिश समाचार एजेन्सी ईएफईका अनुसार विश्वकै चर्चित र महंगा फुटबल स्टार भएकाले उनलाई कुनै किसिमको रोकतोक हुनेछैन।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here