सर्जन कुमार शाही – मुगु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको जिल्ला प्रशासन कार्यलयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मुगु जिल्लामा नेपाल सरकारले सहुलियत रुपमा वितरण गर्दै आएको जिल्ला खाद्य संस्थान मुगु कार्यलय र साल्ट टे्रडिङ कर्पोरेसन मुगु कार्यलयको मातहतबाट वितरण भएको नुन र खाद्य सोरु गा पा मा गैर कर्मचारी बाट वितरण भैरहेको र यो कानुन विपरीत छ ।

मुगु जिल्लाको कार्मारोङ गा .पा. मा खाद्य डिपाे भए तापनी अहिलेसम्म सो स्थानमा खाद्य सुविधा उपलब्ध गराउन खाद्य वितरण केन्द्रले सकेको छैन । उक्त कार्मारोङका उपभोक्ताहरुले ३ दिन पैदल मार्ग हिडेर सदरमुकाम बाट चामल लिने गरेका छन् ।

 

अहिले कर्मचारी र ठेकेदारको मिलेमतोमा मुगाली बासिरहरुले सास्ती भोगिरहेको र उक्त बिसयमा जिल्ला प्रशासन कार्यलय मुगुले छानबिन गरि दोसिलाई कार्वाही र मुगाली जनताले आफ्नो पाउने उचित सेवा सुविधा ठिक समयमा पाउन् भनी ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कावा अध्यक्ष रविन कुमार मल्ल, अखिल प्रदेश कमिटीका सदस्य जय बहादुर नेपाली,अखिल केन्द्रिय सदस्य गणेश सेजुवाल र अनेरास्ववियु मुगु जिल्ला सचीवद्धारा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here