भारतमा रोकिएन कोरोना कहर, पछिल्लो २४ घण्टामा ७७६ जनाले ज्यान गुमाए

काठमाडौं – भारतमा फेरी कोरोनाका बिरामीको संख्या ५० हजार नजिक पुगेको छ । सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार फेरी बढेर ४९ हजारभन्दा बढी संक्रमित फेला परेको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यसैबिच भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३४ हजार २२४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।
भारतभन्दा बढी कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ भने त्यो भन्दा ठूलो महामारी अमेरिकामा रहेको छ । भारत विश्वमा नै सर्वाधिक संक्रमित हुने तेस्रो देश हो भने एशियाको पहिलो हो ।

भारतमा रोकिएन कोरोना कहर, फेरी दिनकै ५० हजारकै दरमा संक्रमित भेटिन लागे, ७७६ जनाले ज्यान गुमाए, भारतमा संक्रमित बढ्दा नेपालमा पनि खतरा बढ्दो, भारतबाट लकुेर आएका ब्यापारी काठमाडौँ पुगेपछि संक्रमित पुष्टिपछि काठमाडौँमा खैलाबैला
भारतमा संक्रमितको दर बढीरहँदा यसको खतरा नेपालमा पनि बढ्ने नै देखिन्छ । खुला सीमानाका कारण भारतीय ब्यापारीहरु सुटुक्क काठमाडौँ समेत आएर संक्रमण भएका छन् । जसका कारण काठमाडौँको न्यूरोड महाबौद्ध नै सिल गरेर परिक्षण सुरु गरिएको छ ।


Source:- Os nepal




