काठमाडौँ — क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रि’हा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । ना’बालिग ब’लात्कारको आ’रोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ ध’रौटीमा रिहा भएसँगै शुक्रबार थु’नामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ ध’रौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रि’हा हुने केन्द्रीय का’रागार प्रशासनले जनाएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रि’हा गर्न आदेश दिएका छन् । सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।





