हरि बि.क, बर्दिया । आमाको मृत्युपछि चार महिनाका दुई जुम्ल्याहा शिशुहरुको विजोग भएको छ ।

 

गुलरिया नगरपालिका वडा नं. १ को गाउँ नं. १४ मा बस्ने दल बहादुर वि.क.को परिवारमा ठुलो वज्रपात परेको छ । उनकी श्रीमति गिता वि.क.ले मुटु दुःख्ने गरेको बताएपछि उनले बर्दिया जिल्ला अस्पताल गुलरियामा पु¥याए । घरमै मसला प्याकेटमा प्याक गरेर आसपासका पसलहरुमा बेचेर दैनिक ५०० रुपियाको हाराहारीमा कमाउने उनी एक सामान्य झुपडीमा बस्ने गर्छन् । उनीहरुसँग जग्गाको नाउँमा एक कट्टा मात्र छ ।

 

आर्थिकरुपमा कमजोर भएकाले उनले श्रीमतिलाई आवस्यक उपचार गर्न सकेनन् । २०७९ पौष १९ गते नेपालगँजको भेरी अस्पतालबाट उनले आफ्नो श्रीमतिलाई सक्दो उपचार गरेर ल्याए । तर २२ गते राति ११ वजे गिता वि.क.को अचानक मृत्यु भयो । तर उनले दुई वटा ४ महिनाका शिशुहरु छोडेर गएकी छिन् । यी बालकहरु खाना खान नसक्ने भएकाले अहिले यिनीहरु दैनिक १ वटा ल्याक्टोजन खाने गर्छन् । जसको मुल्य यहाँ ७५० रुपैंया पर्दछ ।

 

एक सामान्य पेशाबाट दैनिक सानो रकम कमाउने दल बहादुरका लागि अब ठुलो चूनौति रहेको छ । श्रीमतिको उपचारका लागि पहिले नै आफूले धेरै रकम खर्च गरिसकेकोले अब केही बाँकी नरहेको उनले बताए । उनीसँग पैसा केही नभएकाले केही सहयोगीहरुले दिएको पैसाबाट नै ती बालकहरुलाई ल्याक्टोजेन किनेर दिने गरेकाे उनी बताउँछन् । श्रीमतिको उपचारमा रुपिंयापैसा सबै गुमाइसकेका यी बुवाका लागि बालकहरुले खाना खाने होउन्जेलसम्म सुरक्षित राख्नु अब एक ठुलो चूनौति बनेको छ ।

भिडियो हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here