माेहन खत्री, बर्दिया । गेरुवा खेलकुद विकास समिति पशुपतिनगरकाे आयाेजनामा वडा स्तरिय भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। गेरुवा खेलुकद समितिका अध्यक्ष दरबारी थारुकाे अध्यक्षता र प्रमुख अथिती गेरुवा गाउँपालिका वडा नं १ वडासदस्या बसन्ती बिकले बल सर्भिस गरि उद्घघाटन गरेको हाे ।

बिहीबार सम्म हुने उक्त खेलमा आवश्यक आर्थिक सहयाेग गेरुवा गाउँपालिकाले गरेकाे छ भने समाचार कभरेज गर्दै नागरिक पत्रिकाले मिडिया पार्टनरकाे रुपमा सहायता गरिरहेकाे छ । उक्त खेल गेरुवा-१ बगिहपुर खेलमैदान, बर्दियामा सन्चालन भईरहेकाे छ। साे खेलमा विभिन्न विद्यालयकाे युवाहरु उत्साहित साथ सहभागी भएका आयाेजकले जानकारी गराए।






