रबी लामिछानेले नेपाली नागरिकता पाउनासाथ अब कसैलाई बाँकी नराख्ने घोषणा गरेका छन। नेपालमा कसैले के गरिरहेको छ सबै मलाई था छ अब एकएक गरि भित्र हाल्ने चेतावनी दिएका छन । भ्रष्टाचार गरेर थुपारेको सबै सम्पत्ति जफव गर्ने पनि उनले बताए । अब चुप लागेर नबस्ने उनले जानकारी दिए ।
रबी लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो !





