काेहलपुर, नक्कली एक हजारकाे नाेट बाट काेहलपुरकाे एक व्यापारी ठगिएको छ।
पसलमा आफ्नी बहिनी प्रमीला चाैधरी भएको बेला आफुहरु ठगीएकाे काेहलपुर-११ एनटिभी राेड, काेहलपुर एनटिभी अफिस नजिकैका ईभाना किराना स्टाेरका प्रकाश चाैधरीले बताए। सँधैजसाे ग्राहककाे आवतजावत बाक्लो भइरहेको बेला बुधबार साँझ साढे पाँच बजेतिर एक भर्खरकाे टिनएजर जस्तो देखिने जवान युवकले एकहजारकाे नाेट दिएर चेन्ज गर्नु अनुरोध गर्दा प्रमिलाले साँटेर दिएछ, पछि काउन्टरमा पैसा गन्दा शंका लागेर हेर्दा एक हजारकाे नाेट सामान्य कागजकाे पाे रहेछ ईभा किराना स्टाेरका चाैधरीले आफुलाई नक्कली नाेट दिएर झुक्याएकाे बेलिविस्तार सुनाए।
आफ्नो पसलमा भित्र बाट काउन्टर पट्टि काे दृश्य खिच्ने सिसि क्यामेरा बिग्रेकाले नक्कली नाेट दिएर छक्काउने ठगकाे दृश्य कैद हुन नसकेको तर ख्याल भएसम्म पसल बाहिर खिचेको दृश्य र आफुले सम्झेकाे व्यक्ति यहि जवान युवक हुनुपर्ने भन्दै सिसि टिभिकाे दृश्य देखाए ।
उक्त घटना बारे अहिलेसम्म कुनै रिपोर्ट नगरेकाे बताउउँदै निरास मुद्रामा भने कस्ताकस्ता ठुला घटना त रिपोर्ट गरेपनि प्रहरीले मदत गर्दैनन् हाम्रो कसले गर्दिने? साे पसलमा किनमेल गर्न आएका एक ग्रहाकले नक्कली नाेट हेर्दै भने सक्कली र नक्कली छुट्टाउनुनै गार्हो हँदाे रहेछ गरिबलाई त एक हजार ठगिंदा धरै मर्का पर्छ। यस सनसनी पुर्ण ठगि घटनालाई हेर्दा सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्ने र यस्ता कार्य गर्नेलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ ।
सिसि टिभी फुटेज





