बर्दिया, माेहन खत्री
प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरज सुनार यस पाताभार इलाका प्रहरी कार्यलयमा सरुवा भएर बगत बैशाखमा उक्त कार्यलयकाे जिम्मेवारी समालेका हुन् ।
साे क्षेत्रमा इनस्पेक्टर सुनारले कार्यभार सम्हाले पछि उक्त क्षेत्रमा पेन्डिङ् रहेका ज्यानमारा केसहरु आफै फाईल खाेल्दै फरार रहेका तथा पिडितले न्याय नपाएका केसहरुलाई खाेतल्दै अभियुक्तहरुलाई पत्ता लगाएर अदालत पेश गर्दै कारागार चलान गर्न सफल भएका छन्। उनी एक सहासी तथा कर्तव्यनिष्ठ सेवककाे रुपमा पहिचान बनाएका छन्।
इन्सपेक्टर निरज सुनारले खाेलेका पुराना फाएलहरु
गत २०७२ श्रावण १६ गते आफ्नै गाउँकाे छिमेकी चालिसेलाई हतियार प्रहार गरि मारेको र उक्त दिन देखि नै फरार रहेका अभियुक्त श्याम वि.सी भनिने टिकाराम लुकिछिपी वस्दै आएका उनलाई पक्राउ गरि जेल चलान गरे।
त्यस्तै, गेरुपा गाउँपालिका-६ रामनगर बस्ने अमन चाैधरीले आफ्नै बाबुकाे हत्या गरेर फरार रहेका २०७९ कार्तिक २९ गतेे सुनारकै नेतृत्वमा निजलाई पक्राउ गरी जेल चलान गरेकाे हाे।





