प्रकाश विक
बर्दिया/ बाल विवाह न्यूनीकरण बारे जनचेतना कार्यक्रम सम्पन्न । राजापुर नगरपालिका-२, बाला बजार नयाँ गाउँ बर्दियामा मंगलबार खल्ला जयपुर बैठक हलमा बाल विवाह न्यूनीकरण बारे जनचेतना कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रम बाला बजारको अस्थाई प्रहरी चौकी, नयाँगाउँ बाला बजारले आयोजना गरेको थियो। कार्यक्रममा बाला बजार नयाँगाउँ बर्दियाका प्रहरी सहायक निरिक्षक विक्रम डगौराको कमान्ड टोली खटिएको थियो।

 

साे कार्यक्रम राजापुर नगरपालिका-५ खल्ला जयपुर गाउँको समिति घर मा आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण स्थानीय बुद्धिजीवी महिला ,बालबालिका एवंम स्थानीयको उपस्थिती थियो । कार्यक्रममा हेर्ने दर्शकहरु भिंड र चासो देख्न सकिन्थ्यो।उक्त कार्यक्रम लामो समय सम्म संचालन हुँदा पनि अझै रोचक नै बन्यो ।

 

अस्थायी प्रहरी चौकी नयाँगाउँ बाला बजार बर्दियाले सारै राम्रो काम गरेको भन्दै स्थानियबासिले सकरात्मक विचार राखे । र आगामी दिनहरु मा यस्तो जनचेतना मुलक कार्यक्रम फेरी गर्नु पर्छ भनी स्थानिय अभिभावक विद्यार्थी लगायतले प्रतिक्रिया  राख्दै नयाँ गाउँ बाला बजार प्रहरी चौकीले सारै राम्रो काम गरेको छ। भन्दै कार्यक्रम मा आउने स्थानिय बासी सारै खुसी देखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here