किशोर शाही, दलित समुदायको मृत लासलाई सार्वजनिक बाटोबाट घाट लैजान रोक लगाईएको छ ।

 

आइतबार चंखेली गाउँपालिका वडा नम्वर ४ का ७४ वर्षका पदमबिरे लुवारको लासलाई सार्वजनिक बाटो बाट घाट लान खोज्दा चंखेली गाउँपालिका वडा नम्वर ४ का ठकुरी समुदायहरुले रोक लगाएका हुन् ।

२१ औँ सताब्दीमा पनि सार्वजनिक बाटोबाट लास लिन नदिएको मृतकका छोरा कर्णबिर लुवारले गुनासो गरे । गाउँको सार्वजनिक बाटो हुँदै लास लिन रोेक लगाएपछि खेतबारी हुँदै बुबाको लास मसानघाट पुराउनु परेको लुवारले दुखेसो पोखे ।

 

गाउँकै बुद्धिजीवी तथा राजनीति गर्ने व्यक्तिबाट यस्तो उत्पीडनमा दलित समुदाय रहेको उनले गुनासो गरेका छन् । वडाका जनप्रतिनिधिहरूबाट अपमानित हुनु परेको मृतकका नाती मुनबहादुर लुवारले गुनासो गरेका थिए ।

 

 

वडापालिकाका वडाध्यक्ष पदमबहादुर शाहीलाई टेलिफोन गर्दा उनि सम्पर्कमा आउन सकेनन्। हाल सुर्खेतमा रहेका चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पुरानो रितिथिति र परम्परा अनुसार पुरानै बाटोमा लिनको लागि गाउँका स्थानीयले दबाब दिएका रहेछन भन्दै जानकारी दिए । तर यसलाई कुनै ठूलो रुपमा लिन आवश्यक नरहेको अध्यक्ष शाहीको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here