रुकुम पश्चिममा कोरोना देखिएका २७ जना नै उपचार पछि निको भएर घर फर्के

रुकुम पश्चिममा दुई जना कोराना संक्रमित शुक्रबार डिस्चार्ज भएर घर फर्केका छन् । यो सँगै रुकुम पश्चिममा कोरोनालाइ जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।चौरजहारीका २०, बाँफिकोटका ३, सानीभेरीका २, मुसीकोट र त्रिवेणिका १ र १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सबै जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । संक्रमित सबै डिस्चार्ज भएसँगै रुकुम पश्चिम कोरोनामुक्त जिल्ला बनेको छ ।



