सर्जन कुमार शाही – मुगु
मुगु सोरु कुलाहाँमा भएको झुलुङ्गे पुल १ बर्षदेखि जिण अवस्थामा छन्। सोरु गाउँपालिका वार्ड नं. ६ र ९ स्थित कुलाहाँमा पर्ने झोलुङ्गे पुल १ वर्षदेखि जिण अवस्थामा रहेको हाे ।
अहिले यो पुलदेखी आवातजावत गर्न नुवाकोट , कालै , खानाया र विभिन्न स्थानदेखी सोरु तातोपानी जाने यात्रु र गाई , घोडा , भेडा र बाख्रालाई चराउन लैजाँदा पुल वारपार गर्न ठुलो समस्या भोग्नु परेको छ ।
स्थानीय स्तरमा भएका संरचनाहरु संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको भएता पनि अहिलेसम्म कुनै पहल नै नभएको भनी स्थानीय बासीले नागरिक पत्रिका संग बताए ।





