सर्जन कुमार शाही –  मुगु
मुगु , १५ सैय्याको एक मात्र अस्पतालमा औषधी नहुदाँ र दक्ष प्राविधिक जनशक्ति नहुँदा बिरामी ठूलो रकम खर्चेर उपचारका लागि बाहिरी जिल्लाका अस्पताल धाउन बाध्य छन् ।
मुगुमा एउटा १५ शैय्याको सरकारी अस्पताल छ ।  यस अस्पतालमा उपचारका  लागी मुुगुु जिल्ला भरीका र केहि हुम्लाका बिरामी यो अस्पतालमा आउने गरेका भएपनि औषधी अभाव, एक्सरे मेसिन लगायतका अन्य अध्याधुनिक उपकरण सञ्चालनमा नआउदाँ बिरामी मर्कामा पर्ने गरेका छन ।

मौसम परिवर्तनको प्रभावले अहिले अस्पतालमा बिरामीको चाप बढेको छ । तर, मुगु अस्पताल र यहाँका बिरामीका विषयमा कसैले चासो दिएका छैनन् अस्पतालमा औषधीको पनि उत्तिकै अभाव छ ।

कर्णाली प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मुुगुुमा सरकारकै व्यवास्ताका कारण यस्तो समस्या भएको देखिन्छ ।
विशेषज्ञ सेवाका लागी उपलब्ध अक्सिजन पाल्नट,थाईराईड चेक मेसिन,एक्सरे मेसिन लगायत अन्य आवश्यक मेसीन प्रयोगविहिन हुदाँ  चिकित्सकहरु लाई पनी उपचारमा समस्या भएको छ ।

जिल्ला अस्पताल मुुगुुमा विशेषज्ञ चिकित्सक ३ जना र चार जना मेडिकल अधिकृतको दरबन्दि छ । तर अहिले एक जना विशेषज्ञ चिकित्सक एमडि जिपि र अन्य मेडिकल अधिकृतको भरमा अस्पताल संचालन भइरहेको छ । दक्ष प्राविधकको समस्याका कारण उपचारका लागी मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौ वस्तीका नागरिक अस्पतालबाट पाउर्ने विशेषज्ञ सेवाबाट बञ्चित छन् ।
यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको छ । अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ । तर, उपकरण संचालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य छन् ।

संविधानमा मौलिक हकका रुपमा उल्लेख भएको स्वास्थ्य सेवाको हकबाट मुगुका नागरिक बञ्चित छन् । उपचारका लागी बाहिर जिल्ला जानुको बाध्यता छ, यससँगै निःशुल्क औषधिसमेत यहाँ पुग्ने गरेको छैन । जसका कारण यहाँका नागरिकले महँगो रकममा निजी फार्मेसीबाट औषधि किन्नु परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here