प्रताप कुमार गाैतम,
बर्दिया जिल्लाकाे नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) जिल्ला कमिटीकाे प्रतिनिधि मण्डलले भाैतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री वेदुराम भुसाललाई भेटी जिल्लाका महत्त्वपूर्ण याेजनाहरुमा छलफल गरि यस वर्षकाे बजेटमा समेट्ने गरि ज्ञापन पत्र बुझाएको छ।
नेकपा एसका बर्दिया इन्चार्ज एवम् संविधानसभा सदस्य माननीय निर्मलप्रकाश सुवेदीकाे नेतृत्वमा गएकाे प्रतिनिधि मण्डलले बर्दिया जिल्लाकाे सदरमुकाम गुलरिया- रम्मापुर सडकखण्डमा पर्ने बबई नदिकाे जब्दिघाटकाे पुल उद्घाटन नगर्दै नदिले बगाएकोले साे पुल निर्माणका लागि यसवर्षकाे बजेट व्यवस्था गरि निर्माण कार्य थालनी गर्न माग गरेकाे प्रतिनिधि मण्डलका नेता प्रमप्रसाद पाेखरेल बताए ।
गुलरिया-रम्मापुर सडकले पुर्वपश्चिम महेन्द्रराजमार्गलाई जाेड्ने भएकोले पुललाई प्रथामिकतामा राखि बजेट व्यवस्था गर्ने मन्त्री प्रकाश ज्वालाले प्रतिनिधि मण्डललाई बताउनु भएको अर्का नेता बखत बहादुर खड्काले भने । साे अवसरमा जिल्लाकाे नदि कटान र डुबान समस्यामा पनि छलफल भएको र यस सम्बन्धमा प्रधानमन्त्रीलाई आवश्यक बजेट व्यवस्थापन गर्नका लागि मन्त्री ज्वालाले पहल नेता खड्काले जनाए ।
प्रतिनिधि मण्डलले कृषि मन्त्री डाक्टर वेदुराम भुसाललाई भेटेर जिल्लामा कृषिको क्षेत्रमा प्रयाप्त मात्रामा बजेट व्यवस्थापन गर्न माग गरेकाे छ। धानबाली, मकैबाली, माछापालन र तरकारी खेतीमा गरिब विपन्न वर्गका लागि थप छुट्टै कार्यक्रम व्यवस्था गर्न माग गरेकाे सुवेदीले बताए । कृषि मन्त्रीले यश वर्षको बजेटमा कार्यक्रममा बजेट राखि कृषिको क्षेत्रमा उत्पादनमा वृद्धि गर्ने कार्यक्रम बनाउने भन्नू भएको सुवेदीले थपे ।




