क्षितिज मगर/किशोर बहादुर शाही

‘म त भ्रम र अन्धविश्वासमा परें तर अरु काेही पनि यस्ता भ्रममा नपरुन् , र याे ‘सत्य बचन’ अर्थात ‘सच्चाई’ काे पछि नलागुन् , म र मेरो परिवारलाई ‘सच्चाई धर्म’का ‘गुरु’ याेगेन्द्रकुमारी घर्तीले भक्ती गर्ने स्थानमा मैले छाेएर क्यान्सर, खुट्टा भाँचिएको, हात भाँचिएको र सर्पले टाेकेकाे बिरामी निकाेपारेकाे भनेर विस्वस्त पारेको कारण स-परिवारै ‘सच्चाई धर्म’ मान्दै आएको र त्यही अन्धविश्वासकाे कारण सर्पले डसेकाे छाेरीलाई अस्पताल लैजानु काे सट्टामा प्रार्थनामा भर परेर छाेरी गुमायाैं र अब देखि उसाे यसमा नलाग्ने निधाे गरेकाे उनले व्यक्त गरे ।’

९ दिन अगाडि मात्रै साेही ‘सच्चाई धर्म’ ले सिकाएका अन्धविश्वास र भ्रममा पर्दा आफ्नो १६ बर्षिय छाेरी ओमकुमारीलाई गुमाएका श्यामबहादुर डाँगीले भने धर्म मान्न पनि सजिलो हिन्दु धर्ममा जस्तै दशै-तिहार, चाडपर्व , टिकाटालाे बिवाहा मण्डब सबै हिन्दु संस्कार जस्तै मनाउन पाउने केवल ‘परमेश्वर पिताकाे’ नाम लिए पुग्ने भएपछि पुरै परिवारनै डेढ महिना अघि ‘सच्चाई’ मा लागेका हाैं । डाँगी परिवार श्रीमती बिष्णु, दुई छाेरा र दुई छाेरी सहित बाँसगढी-२ महादेवा स्थित गुराँस गाउँपालिका दैलेख बाट १६ बर्ष अघि बसाइँसराइ गरि आएका थिए ।

मृतक ओमकुमारीकाे बुवा श्यामबहादुर डाँगी र आमा बिष्णुकुमारी

त्यस्तै बाँसगडी-२ वेतहानी बस्ने साेही ‘सच्चाई धर्म’ अर्थात ‘सत्य वचन’ का अर्का अनुयायी लक्ष्मी बि.क भन्छिन् ‘सच्चाई’ मा लागेको नाै बर्ष भयाे पुजाआजा गरेको सबै प्रसादहरु खान्छाैं, हिन्दु रितिरिवाज र चालचलनहरु मान्छाैं गुरुले पनि मान्नु हुन्छ, कुलदेवता मात्रै नमान्नु भनेका छन्, हिन्दु भन्दा फरक छैन  त्यसैले यसमा गएका हाैं।’

सच्चाई धर्मका अनुयायी लक्ष्मी बि.क

मृतकका बुवा श्याम बहादुर डाँगी उक्त जेठ ३ गते बुधबारकाे त्याे रातलाई सम्झँदै भन्छन् ‘राति सुतिरहेको छाेरि ओम कुमारीले हामीलाई करिब ३ बजेतिर अचानक बाेलाएर उठायाे र हामी छाेरी सुतेको काेठामा गयौं छाेरीले भनिन् ममी..ममी मेराे पेट साह्रै दुखिरहेकाे छ, हातमा नि, के ले टाेकेकाे जस्तो भा छ भन्दै राेइन् । त्यसपछि मैले छाेरीकाे हातमा हेर्दा ओैंलामा राताे टाेकेकाे डाम देखें र उनी सुतेको काेठा भित्र यताउता हेर्दा सर्प भेटियो र मैले त्यो सर्पलाई मारदिऐँ त्याे करेट सर्प थियो ।

त्यसपछि परिवारमा हामीले छाेरीकाे लागि के गर्ने भनेर सल्लाह गर्याै कारण भक्ती गर्ने ठाउँमा गुरुबाट हामीले सर्प तथा बिच्छी जस्ता बिषालु जन्तुले डसेमा चङ्गाई (प्राथर्ना) गरेमा निकाे हुन्छ भनेर सुनेका थियौं । त्यही विस्वासले प्राथर्ना काे लागि बाँसगडी-२ वेतहनीका ‘गुरु’ याेगेन्द्र कुमारी घर्तीलाई फाेन गर्याैं र उनले भनिन् ‘आत्तिनु पर्दैन सन्चो भैहाल्छ, नडगमगाउनु।’ करिब ३ घण्टा हामीले त्यही गुरुकाे कुरामा विस्वास गरेर वितायाैं ।

आमा बिष्णुदेवीले भक्कानिएर रुँदै भनिन् ‘पेट दुखिरहेकाे छ भनेकाे छाेरीले उल्टि गर्न थालिन् र जिब्रो झमझमाउन थाल्याे भनेर रुन थालिन् जिब्रो हेर्दा जिब्रो सुन्निएर बाक्लो भएको थियोे त्यसपछि अन्तिम अबस्थामा नेपालगन्ज अस्पताल लग्याैँं , अस्पताल पुर्याएकाे आधा घण्टा पछि डाक्टरले मृत्यु भएको सुनाए ।

बुवाले भने- हामीले छाेरीकाे लास घरमा ल्यायाैं वरपरका छरछिमेकले भन्नलागे ‘अन्धविश्वास सिकाउने त्याे गुरुलाई यहाँ बाेलाउनु पर्छ।’ त्यसपछि ‘गुरु’ याेगेन्द्र कुमारीलाई मैले फाेन गरेर तुरुन्त तपाईं यहाँ आउनुहोस् भनें तर उहाँले फेरी भन्नुभयाे ‘मैले यहाँ प्रार्थना गरिरहेको छु, म सन्चो बनाईहाल्छु, सर्पले डसेकाे दुई तीन जनालाई निकाे पारेको हुँ, विष झारेकाे !’ सञ्चो हुने भन्दै अस्पताल लिनु नपर्ने र प्रार्थनाबाट सञ्चो हुने फाेन मार्फतनै दाेहाेर्याएकाे पिडीत परिवारकाे आराेप छ । घर परिवारले पनि समयमै अस्पताल लिनुभन्दा गुरुलाई नै खबर गरेका थिए ।
‘गुरु’ याेगेन्द्र कुमारी घर्ती ‘सच्चाई धर्म’ अर्थात् ‘सत्य बचन’ काे ‘गुरु’ भनेर परिचित छन् ।

आराेपित याेगेन्द्रकुमारी घर्तीकाे घर

मृतकका बुवा श्यामबहादुरले ईलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीमा जेठ २ गते घर्तीविरुद्ध ज्यानसम्बन्धी कसुर (हेलचक्रयाइँ गरी ज्यान मारेको) कसुरमा मुद्दा दर्ता गराए । प्रहरीले घर्तीलाई पक्राउ गरि साेही कसुरमा बर्दिया जिल्ला अदालतमा मुद्दा पेस गरेपछि उक्त अदालतले अनुसन्धान गर्दै निज घर्तीलाई अदालतले बुधबार साधारण तारिखमा छाडेको र फैसला आउन बांकी रहेकाे इलाका प्रहरी कार्यलय माेतिपुरकाे प्रहरी नायब निरीक्षक गगन गिरीले बताए ।

प्रहरी नायब निरीक्षक गगन गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here