सर्जन कुमार शाही – मुगु
मुगु : खत्याड गाँउपालिका—९ नखर्जी गाँउमा रहेको श्री पञ्चाेदय माध्यामिक विद्यालययका विद्यार्थीहरु खुल्ला चौरमा पढ्न बाध्य भएका छन्। असोजमा १९ देखि २४ गतेसम्म परेको अबिरलको बर्षाका कारणले दुई वटा १६ काेठाका भवन भत्कि क्षति भएपछि विद्यार्थीहरु खुल्ला आकाशमा पढ्न बाध्य भएका हुन्।

उक्त भवनहरूमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको पढाई हुने गरेको थियो । याे विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म ४५७ जना विद्यार्थीहरू अध्यनरत छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई भने कक्षा कोठामा नै पढाइँदै आएको छ । बर्षाले क्षति बनाएको भवन निर्माणका विषयमा धेरै ठाउँमा पहल गर्दासमेत निर्माण गर्न कसैबाट सहयोग प्राप्त हुन सकेको छैन।  बर्षाले क्षति बनाएका दुई भवन प्रयोगमा ल्याउने अवस्था नभएको छ ।

कक्षा ६ देखि १० कक्षा सम्ममा विद्यार्थीको संख्या बढी छन् । विद्यार्थीहरुलाई कक्षा कोठामा राख्ने अन्य भवन नभएपछि खुल्ला आकाश मुनी पढाउनु परेको छ ।
बर्षाले विद्यार्थीहरु अध्ययन गर्ने भवन क्षति गरे पछि कक्षा कोठामा बसेर अहिले पढ्न पाइएको छैन। हिउँदका समय हिउ तथा पानी पढ्दा विद्यालय विदा गर्नु परेकाे थियाे भने अहिले हावा हुरी तथा पानी पर्दा मात्र विद्यालय विदा दिनु पर्ने भएकाे छ, पढाई विग्रने चिन्ताले खुल्ला चौरमा सरहरुले पढाउने गरेकोले पनि कक्षा कोठामा नपढेको ८ महिना भै सकेकाे छ ।

कक्षाकोठा नहुँदा पानी र हावा हुरी चल्दा पढाई छोडेर घर पठाउनु पर्ने । कहिलेकाँही प्रावि कक्षाका भाईबहिनीहरुको कक्षामा बसेर पढाउने व्यावस्था मिलाउने गरेकाे छाै । पानी नपरेका बेला र हावाहुरी नचेलका बेलो चर्को घाम नलागेमा खुल्ला चौरमै पढाउने गरेका छौं।

अहिलेसम्म खुल्ला चौरमा शिक्षकहरुले जसोतसो पढाएको भएपनि अब बर्षात सुरु भएकाे छ, विद्यालय भवनकै कारण बाबुनानीको बढाईमा बाधा पर्ने चिन्ता अभिभावकलाई छ । ‘बाजुरा र हुम्ला केन्द्र बिन्दु बनाएर चार पाँच पटक भूकम्प आइसक्यो। पुन : ठूलो भुकम्प आइहाले जिर्ण भवन भत्किएर जान्छ कि बालबालिकाहरुमा क्षति पुर्‍याउँछकी भन्ने चिन्ता लागेको छ ।

भवन निर्माण गरिदिनका लागि वारम्वार वडा कार्यालय, गाउँपालिका, प्रदेश सरकारकाे सामाजिक मन्त्रालय, भाैतिक पूर्वाधार मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र संघिय सरकारकाे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री र सचिव, शिक्षा विभागका महानिर्देशकलाई पटक पटक भेटी अनुरोध गरेका छु, तर अहिले सम्म कुन ठाउँबाट सुनुवाई भएको छैन । भवन निर्माण कै लागि आवश्यक कागजात लिएर काठमाडौं तीन पटक पुगिसकिएको छु ।

२०७९ भदौ, माघ र चैत गरि तीन पटक त संघिय मन्त्रालय पुगि सकेकाे छु भने गएकाे माघ महिनामा तत्कालीन संघिय शिक्षा मन्त्री शिशिर खनाल र शिक्षा मन्त्रालयका सचिवसँग भेटगरी भवन निर्माणका लागी सहयोग गरिदन आग्रह गर्दा दुबै जनाले भवन निर्माणका लागी पहल गर्ने आश्वास्न दिएका थिए । अहिले मन्त्रालयले बजेट ल्याउने तरखरमा छ ।

के गर्छ हेर्न बाकी छ । कर्णाली प्रदेशका मन्त्रीहरुलाई समेत धेरै पटक गुहार मागेका छाैं । तर कतैबाट अहिलेसम्म सुनुवाई हुन सकेको छैन बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here