काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको हो ।
दुर्घटनामा ३० यात्रु घाइते भएको इलाका प्रहरी कार्यालयले गजुरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
राजमार्गमै पल्टिएको बसलाई सडकबाट सारिएपछि अवरुद्ध भएको यातायात अहिले नियमित भएको छ ।





