राजकुमार श्रेष्ठ ,

चितवन- यतिबेला मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरोका कारण सयौं यात्रुहरुले दुख खेप्नु परेका छन् । वर्षाद सुरु भए सँगै कतिबेला पहिरो खस्ने हो पत्तै हुँदैन । असार १४ गते दिउँसो दुई बजे झरेको पहिरो पन्छ्याउन १५ गते बेलुकी पाँच बजे सम्म लाग्यो । लगातार पहिरो पन्छ्याईरहेकाे भएपनि माथिबाट खसिरहन्छ । सडक चौडा बनाउने क्रममा स्काभेटर तथा डोजर मेसिनहरुले जमिन थर्काएर राखेको कमजोर भुभागहरु सुख्खा पहिरो र झरी वर्षा हुँदा पहिरो खसिरहन्छ ।

१६ गते हुने लोकसेवा आयोगको परिक्षा दिनको लागी यात्रा गरिरहेका विद्यार्थीहरु पहिरोका कारण अलपत्र परेका देख्न सकिन्थ्यो । मानिसहरू समयमै आ-आफ्नो ठाउँमा पुग्नको निम्ति हतारहतारमा देखिन्थे । पहिरो पन्छ्याउन समय लाग्ने भएपछि दुई घन्टाको जोखिम पैदल यात्रा गर्दै त्रीशुली नदि माथि चितवन र तनहुँ जिल्ला जाेड्ने झोलुङ्गे पुल भएर ५ किलो स्थित सडक बाटोमा निस्कन्थे । उनिहरु कोहि पुर्व बिराटनगर पुग्नु पर्थ्योत कोहि धनगढी पुग्नुपर्ने गुनासो सुनिन्थ्यो । झरीवर्षाको समयमा लोकसेवा आयोगले परीक्षा राख्न नहुने उनिहरुको कुरा थियो । विरामी, बुढाबुढी उमेर र बच्चाहरूलाई पैदल यात्राको ६ किलो मिटरको जोखिम यात्रा पार गर्न निकै कष्ट खेप्नु परेको थियो ।

बैकल्पिक सडक बाटोहरु भरपर्दो र सहज नभैदिँदा मानिसहरु मुग्लिङ – नारायणगढ सडकखण्ड भएरनै यात्रा गर्न बाध्य छन् । सकभर बैकल्पिक सडकबाटोहरु बनाउनु आवस्यक छ । मुग्लिङ- नारायणगढ सडक खण्ड मार्गलाई पनि पक्की र भरपर्दो बनाउनु पर्दछ । सबै मानिसहरु महङ्गो शुल्कको जहाज चढेर यात्रा गर्न सक्ने अवस्था छैन । सेवा सुविधा राजधानी उपत्यका केन्द्रित हुँदा धेरै मानिसहरू यो बाटो भएर नै यात्रा गर्दछन । सेवा सुबिधा, अवसर, रोजगारी आदि उपत्यका बाहिर विस्तार र बिकास भएमा मानिसहरू कष्टदायी र जोखिम यात्रा मोल्नु पर्ने थिएन ।

६ किलो मिटरको यात्रापछी पुनः मुग्लिङ नारायण सडक मार्गमा निस्कन त्रिसुलि नदिको कमजोर झोलुङ्गे पुल तर्न पर्दछ। पाँच जनाका दरले तर्नुपर्ने झोलुङ्गे पुल वारि पारी हजारौं मानिसहरुको भिड देखिन्थ्यो । जसले नेपाल सरकारको कमजोरी पनि झल्किन्थ्यो । कमजोर झोलुङ्गे पुल देखेर मानिसहरू राज्यलाई सराप्थे र धिकार्दथे ।

हवाईमार्ग भएर धान दिवस मनाउन चितवन आएका रास्वपाका रवि लामिछने पहिरो नजिक पुगी फोटो खिचाएर जनताको सुखदुखमा रवि भनी सामाजिक सन्जालमा चर्चा र परिचर्चा गर्न भ्याए । मानिसको दुखकष्टलाई सस्तो लोकपृयता र प्रचारवाजीमा उँडाएर रविले हासिमजाक गरेको कति मानिसलेत गुनासो गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here