सर्जन कुमार शाही,

मुगु- जिल्ला अस्पताल मुगुमा ७२ औं मदन भण्डारी जन्म जयन्ती नाईएको छ ।
मुगु जिल्ला अस्पतालका सम्पुर्ण बिरामीहरुलाई भेटघाट गरि उत्साह स्वरुप रु. २०० नगद र फलफुल वितरण गरि जन्म जयन्ती मनाएईको थियो ।

केन्द्रको आदेश अनुसार जन्म जयन्ती विभिन्न साहित्यिक र साङ्गितिक विधामा मनाइने भनीए ता पनि केन्द्रको आदेश अनुसार नभएको र मुगुमा कुनै पनि साहित्यिक र साङ्गीतिक विधामा नभई जन्म जयन्तीको अवसर मिलाएर बिरामीलाई भेट्ने निर्णय भएको नेकपा एमाले जन संस्कृतिक जिल्ला कमिटीका अध्यक्ष बिर्ख बहादुर मल्लले बताए ।

फलफूल लिएर अस्पतालमा मदन भण्डारी जन्म जयन्ती मनाउन जाँदा बिरामीहरु ज्यादै उत्साहित र खुशी देखिन्थे । आफू खुशी नभएर कहिले काहीं अरुको दुखमा पनि हामी सहभागी भयौं भने धेरै आनन्द आउने रैछ भनी अध्यक्ष मल्लले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here