सर्जन कुमार शाही – मुगु
हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिको अवधारणाा अनुसार नगरपालिकाको वडा नम्बर चार मा रहेको खामगोईटे बस्तीका नागरिकहरुले घरघरमा धारा खाता खातामा रकम पाए पछि निकै खुसी भएका छन् ।
बिगतमा धेरै बिकास निमार्णका कार्य गरे पनि समुहमा रहेका ब्याक्तिमा काम गरेको रकम जाने र समितीले हिनाबिना गर्ने समयमा कामको फल नपाउने निकै ठूलो समस्या थियो । अहिले यो खाने पानि आयोजनाले जति काम गरेको भए पनि सहि तरीकाले काम गरेको रकम कामदारको खाता खातामा रकम पनि आउने घरघरको आगनमा खाने पानि र सिचाईको लागी धारा पाउँदा निकै खुसी लाग्यको स्थानिय खेम बहादुर भामले बताएक छन् ।
नगरपालिका भित्र रहेको खामगोईटे बस्तीमा खाने पानिकोलागी निकै चरम समस्या देखीएकोहुदा छाँयानाथ रारा नगरपालिका ,युएसआईडी कर्णाली जल परियोजना ,र हिरीसडेक मुगुको लागत साझेदारीमा खामगोईटे बहुउद्देश्यीय खानेपानि सरसफाई स्वच्छता आयोजना सन्चालन गरिएको हो ।यस आयोजनामा रहेका २२ घर परिवारका १ सय ३३ जना नागरीहरुको स्वास्थ्य ,शिक्षा,रोजगार , आयआर्जनमा परिवर्तन को लागी घरघरमा खानेपानिका धारा निमार्ण गरिएको हो ।
यो आयोजनामा छाँयानाथ रारा नगरपालिकाको ५ लाख २० हजार ८ सय , युएसआईडी कर्णाली जल परियोजनाको २२लाख ९० हजार र खामगोईटे खानेपानि सरसफाई उपभोक्ता सस्थाको, ७ लाख २ हजार ७ सय गरी कुल ३५ लाख १६ हजार ६ सय रुपैयाको लागतमा ८ घन मिटर एक १२ घन बिटर एक गरी २ वटा फेरेसिमेन्ट टेयाकी,इन्टेक२ वटा, क्चमेन्ट १ वटा,मुख्या पाईपलाईन१५ सय ७० मिटर ,बितरण २२सय ४० मिटर,ब्याक्तिगत २१ धारा ,सिचाई ४ धारा,जिआई क्रसीङ्ग २० मिटर लगाएतका बिभिन्न क्षेत्रमा आयोजानामा सम्पन्न गरीएको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिन बहादुर रावलले बताएका छन्।
छाँयानाथ रारा नगरपालिको अवधारणा अनुसार नगरपालिका भित्र रहेका सबै वडा बस्तीहरुमा घरघरमा स्वच्छ सफा खाने पानि बनाउने नितीअनुसार खामगोईटे बस्तीको खाने पानिको समस्यालाई मध्य नजर राख्दै यूएसआईडी लगाएत साझेदारी सस्थाहरुको पहलमा घरघर खाने पानिका धारा निमार्ण भई हस्तान्तरण भएको छ । धारा निमार्ण हुनु ठूलो कुरो हाईन यसलाई संरक्षण र दिगोपन राख्नको लागी समुदायका नागरीक र खामगोईटे बहुउपयोगी खानेपानि सरसफाई उपभोक्ता सस्थाको ठूलो जिम्मेबारी भएको देखीन्छ ।
बिगतका बर्षहरुमा पालिका भित्र सन्चालन हुने जुनसुकै आयोजनामा रकम हिनाबिना हुने कामदारले रकम नपाउने गुनासो आएको हुदा अहिले रकम हिना बिना नभई सहि काम दारले पारिक्षमीक पाउनको लागी कामदारको सिदै खातामा रकम दिने गरीएको खामगोईटे बहुउपयोगी खानेपानि उद्घाटन समारोहमा छाँनाथ रारा नगरपालिका का नगर प्रमुख बिस्नु कुमार भामले बताएका छन् ।





